जिम्मेवारी निर्वाहको अभिलाषा - BMR Times weekly
Headlines News :
Home » » जिम्मेवारी निर्वाहको अभिलाषा

जिम्मेवारी निर्वाहको अभिलाषा

Written By Unknown on Thursday, October 17, 2013 | 8:17 AM

सूचनाको हक सम्बन्धी ऐन आएकै वर्ष २०६४ सालमा दर्ता भएको भूमध्यरेखा टाइम्स साप्ताहिक सूचना हक दिवसकै दिन अर्थात् भदौ ३ बाट प्रकाशन आरम्भ भएको छ । दर्ता भएको छ वर्ष अवधिमा मुलुक, समाज र पत्रकारिता जगत्मा ठूला हलचल पैदा भएका छन् । दिनदिनै परिवर्तन भइराख्ने मुलुकको राजनीति, उतारचढाव झेलिराख्ने समाज र परिवर्तनको बाहक बन्न अभिप्रेरित गरिराख्ने पत्रकारिताका आआफ्नै बहाव छन् । पत्रकारितामा पनि यान्त्रिक रुपान्तरणहरु भएका छन् ।  दिनदिनैजसो अखबार, अनलाइन र एफएम रेडियो खुलिरहेका छन् । जति धेरै सङ्ख्यामा माध्यम बढ्यो, त्यसका महत्व र प्रभाव घट्न सकेन ।
सञ्चारमाध्यमसँगै सामाजिक सञ्जालहरु आए । तिनको परिवर्तन सामाथ्र्य हेर्दा हरेकका जीवन शैली बनेर भित्रिएका छन् । हरेक व्यक्ति सञ्चारकर्मी बनेर निस्किएका छन्, व्यावसायिक सञ्चारकर्मीका लागि चुनौती नै बनेको छ तर सञ्चारमाध्यमको महत्व घट्न सकेको छैन, बरु युगानुसार विशिष्टीकृत हुनै पर्ने आवश्यकता देखिएको छ । आआफ्नो क्षेत्र, विषय वा सन्दर्भ केन्द्रित विशिष्टलेखनको भविष्य उज्ज्वल बन्दैछ । समाजमा पहरेदारी जति गरे पनि बढी भयो भन्ने हुँदैन यसर्थ भूमध्यरेखीय दृष्टिकोणको आवश्यकता झनै बढेको छ ।
समाज बदलिनुमा, परिवर्तन हुनुमा र जीवनशैली स्थापित गराउनुमा यी माध्यमको महत्व कम पाइन्न । अझै पर्याप्त गर्नुपर्ने आवश्यकता देखिन्छ । थुप्रै माध्यम हुँदाहुँदै अब त पुग्योभन्ने हुँदोरहेनछ । एकेक इँटा उठाउने र समाज निर्माणमा लागिपर्ने हातहरु कहिल्यै धेरै हुँदारहेनछन् । यही वाह्य पर्यवेक्षणले भूमध्यरेखा टाइम्स प्रकाशन आरम्भ भएको छ यसलाइृ जिम्मेवारी र दायित्वसँग जोडेर लैजाने हाम्रो अभिलाषा छ । अपेक्षा छ, पाठक वर्गको सहयोग मिल्ने नै छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Today's weather

Face Book Fan Page

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. BMR Times weekly - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template